महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म रु चार अर्ब २१ करोड १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
यसमा आन्तरिक आयतर्फ रु दुई अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजस्व बाँडफाँटबाट रु ७७ करोड ९९ लाख ८० हजार, सङ्घ तथा प्रदेश सरकारवाट प्राप्त सशर्त अनुदान रु ७५ करोड ३९ लाख ९८ हजार प्राप्त भएको महानगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्यअनुसार २७ दशमलव ८६ प्रतिशत र आन्तरिकतर्फ २६ दशमलव ४४ प्रतिशत प्रगति भएको उनले बताइन् ।
महानगरले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये रु १० अर्ब १२ करोड ६४ लाख आन्तरिक आयको लक्ष्य राखिएको डङ्गोलको भनाइ छ ।
यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख प्राप्त गर्ने लक्ष्य राखिएको छ ।
महानगर लेखा समितिका संयोजक गायत्री पुडासैनीका अनुसार यसअघि बेरुजु रु २६ करोड ३९ लाख ५१ हजार ७३४ नियमित समपरीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव १८ औँ कार्यपालिका बैठकले गरिसकेको छ ।
आव २०७३/०७४ देखि २०८०/०८१ सम्मको फछ्र्योट हुन बाँकी बेरुजुमध्ये नियमानुसार नियमित गराउनुपर्ने रु २२ करोड ७५ लाख ५१ हजार ७२३ र समपरीक्षणका लागि प्राप्त रु तीन करोड ६४ लाख ११ रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण