बुटवल खाना महोत्सव–२०८२ सुरु
सारांश
- बुटवलमा नेपाली मौलिक कला, संस्कृति र पहिचान झल्काउने सडक खाना महोत्सव सुरु भएको छ।
- महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
- कार्यक्रममा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो, र्यालीमा नेवा समाज प्रथम भयो।
बुटवल। नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सृजना गर्ने उद्देश्यसहित आयोजना गरिएको बुटवल सडक खाना महोत्सव–२०८२ आज (मंगलबार) रातिदेखि सुरु भएको छ ।
१७ गते सम्म चल्ने महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले रात्रिकालीन बजारमार्फत सहरलाई थप गुलजार बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले कालिका पथलाई बुटवलको ‘सपनाको पथ’ र व्यावसायिक सम्भावना बोकेको क्षेत्रका रूपमा विकास गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरे । जातीय तथा सांस्कृतिक पहिचान झल्कने कार्यक्रमलाई संघ–संस्थासँग सहकार्य गर्दै अघि बढाइने पनि उनले बताए ।
यसैगरी उद्घाटन अघि निकालिदेखी र्यालीमा नेवा समाज अर्घाखाँची–रुपन्देही प्रथम हुँदै नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । यसैगरी उचडिहवा स्वावलम्बन समूह दोस्रो हुँदै नगद १० हजार र राष्ट्रिय लोकभजन तेस्रो हुँदै नगद ७ हजार, प्रमाणपत्रबाट पुरस्कृत भए । बुद्ध टोल विकास संस्था, पशुपति टोल विकास संस्था, मनकामना, समावेशी, मिलनटोल, तिनाउ टोल तथा स्ववलम्बन महिला रोजगार क्षेत्री महिला दिदीबहिनी समूह गरी ६ टिमलाई सान्त्वना पुरस्कार नगद ५ हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले पर्यटन विकासमा सरकार उदार हुनुपर्ने बताए । निजी क्षेत्रमा लगानी गरिएको सेवा उद्योगलाई प्रवर्द्धन हुनेगरी कार्यक्रमहरू ल्याउन समेत सरकारसँग आग्रह गरे ।
कार्यक्रममा बुटवल उद्योग संघ रुपन्देहीका अध्यक्ष हरि अर्यालले पर्यटन गन्तव्यको बजारीकरणमा यस्ता मेला महोत्सव प्रभावकारी हुने बताए । होटल एशोसिएसन नेपालका सदस्य गोपाल रानाले पर्यटनले युवालाई स्वरोजगार र आर्थिक समृद्धि दिलाउने उल्लेख गर्दै कालिका पथलाई रात्रिकालीन बजारका रूपमा विकास गर्न सरकारको साथ आवश्यक रहेको बताए ।
कार्यक्रममा संघका सल्लाहकार माधव नेपालले सडक महोत्सवका लागि स्थायी स्थल तोकिदिन स्थानीय सरकारसँग आग्रह गरे ।
महोत्सवमा निकालिएको र्यालीमा १३ वटा संघ–संस्था तथा समाज सहभागिता रहेको संघका महासचिव केशवराज कँडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण