उम्मेदवारलाई 'ब्ल्याक लिष्ट'मा राखेको चर्चा गलत : निर्वाचन आयोग
सारांश
- निर्वाचन आयोगले आगामी निर्वाचनमा कांग्रेस र एमालेका पदाधिकारी चुनाव लड्न नपाउने समाचारलाई अस्वीकार गरेको छ।
- आयोगले सामाजिक सञ्जालमा चर्चा भइरहेको कालोसूचीको विषयलाई पनि गलत ठहर गरेको छ।
- आयोगले निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गरेको र आगामी निर्वाचनमा यस्तो नगर्न निर्देशन दिएको छ।
विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भनेर प्रकाशित प्रसारित समाचार सत्य नभएको बताएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले अहिले प्रचार भएको विषय सत्य नभएको बताए । निर्वाचन आयोगको कालोसूचीमा कांग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राईसहित १०८० जना ‘ब्ल्याक लिस्ट’मा परेको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ ।
गत २०७९ सालको निर्वाचनमा तोकिएको समयमा खर्च विवरण बुझाई सार्वजनिक नगरेपछि आयोगले १५/१५ हजार जरिवानासमेत गरेको र उम्मेदवार भएर निर्वाचन खर्च नबुझाउने र बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवार निर्वाचन आयोगको कालोसूचीमा परेको चर्चा भइरहेको छ ।
सहायक प्रवक्ता जिसीले कसैलाई ब्ल्याक लिष्टमा पार्ने काम निर्वाचन आयोगले नगरेको र कानुनमा पनि त्यो व्यवस्था नरहेको बताए । ‘यो सूचना नै गलत हो । निर्वाचन आयोगले कसैलाई ब्ल्याक लिष्टमा पारेको पनि छैन र कानुनमा पनि त्यो कुरा उल्लेख छैन,’ जिसीले भने ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएका सबैलाई कानुनबमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गर्न २०८० वैशाख ४ गते निर्देशन दिएको थियो । त्यहीबेला निर्वाचन आयोगले तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
यस विषयमा आयोगले विज्ञप्ति समेत जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण