'जेलेन्स्की खडा गर्ने चुनाव बहिस्कार गर्नुको विकल्प छैन'
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ, जसले 'नेपाली जेलेन्स्की' जन्माउने दाबी गरेको छ।
- पार्टीले नयाँ र पुराना राजनीतिक शक्तिहरूलाई विदेशी कठपुतलीको आरोप लगाउँदै चुनावले उनीहरूलाई वैधानिकता दिने बताएको छ।
- पार्टीका नेताहरूले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिँदै निर्वाचनले देशलाई संकटतर्फ धकेल्ने दाबी गरेका छन्।
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले आसन्न निर्वाचनले देशमा 'नेपाली जेलेन्स्की' जन्माउने र नेपाललाई युक्रेन बनाउने दाबी गर्दै निर्वाचन सशक्त रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ।
पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीको संवाद डबलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेताहरूले नयाँ र पुराना दुवै राजनीतिक शक्तिहरू विदेशी कठपुतली मात्र भएको र चुनावले तिनैलाई वैधानिकता दिने आरोप लगाए।
पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले पछिल्लो समय चर्चामा रहेका नयाँ राजनीतिक शक्तिहरू पुरानाभन्दा पनि खतरनाक रहेको टिप्पणी गरे। उनले भने, “पुराना राजनीतिक पार्टीसँग जनताले आशा मारिसकेका छन्, तर नयाँको गति र मति हेर्दा उनीहरू ‘जेलेन्स्की’ का रूपमा तयार हुँदैछन्। यस्ता विदेशी कठपुतली जन्माउने चुनाव बहिस्कार गर्नुको विकल्प छैन।”
नेता शर्माले भर्खरै भएको ‘जेनजी आन्दोलन’ जनपक्षीय भए पनि त्यसको जगमा बनेको सरकारले मुलुकलाई पुनः पुरानै दिशामा धकेलेको बताए।
कार्यक्रममा पार्टीका काठमाडौं जिल्ला सचिव केदार खतिवडाले सुशीला कार्कीको नेतृत्वमा रहेको वर्तमान सरकारलाई ‘कठपुतली’ को संज्ञा दिए। उनले भने, “यो सरकारले निर्वाचनमार्फत पुराना र नयाँ दलालहरूलाई सत्ताको ठेकेदार बनाउँदै साम्राज्यवादी हैकमलाई मजबुत पार्ने षड्यन्त्र गरिरहेको छ। तसर्थ, राष्ट्रिय स्वाधीनता र जनजीविकाको पक्षमा यो चुनाव बहिस्कार गर्नु अपरिहार्य छ।”
आगामी संसदीय निर्वाचनले देशलाई अझ गहिरो संकटतर्फ धकेल्ने खतिवडाको दाबी थियो।
त्यस्तै, केन्द्रीय सदस्य पेशल दाहालले वर्तमान सत्ता जनपक्षीय नभई प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था भएको आरोप लगाए। उनले जनविरोधी व्यवस्था नफाली राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारको अन्त्य र सुशासन सम्भव नहुने जिकिर गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण