राजसंस्थासँगै देश सङ्कटमा रहेकाले निस्वार्थ पार्टी एकता गरेँ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डासँगै देश नै सङ्कटमा रहेकाले निस्वार्थ पार्टी एकता गरेको बताएका छन् ।
बुधबार राजेन्द्र लिङ्देन नेतृत्वकाे राप्रपासँगकाे एकता घोषणा सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।
‘पार्टी एकताको कुनै स्वार्थ छैन, पार्टी अध्यक्ष र वार्ताकारहरू जानकार हुनुहुन्छ’, थापाले भने, ‘एउटै चिन्ता के हो भने हाम्रो एजेण्डा सङ्कटमा छ, हिन्दु राष्ट्र र राजसंस्थाको विचारसहित देश सङ्कटमा छ ।’
उनले एकताको उद्देश्य नै हिन्दु राष्ट्र र राजसंस्थाको रक्षा गर्दै भ्रष्ट शासन व्यवस्थाबाट देश र जनतालाई मुक्ति दिने दुई उद्देश्यमात्र रहेको बताए ।
सोही कारण आफूले अध्यक्ष लिङ्देनलाई खाली कागजमा हस्ताक्षर गर्दिन्छु भनेको थापाको भनाइ छ ।
उनले देश अत्यन्त कठिन परिस्थितिबाट गुज्रेको भन्दै प्रमुख राजनीतिक दलहरूको अकर्मण्यताले बेरोजगारी बढेको, बाह्य शक्तिको चलखेल बढेको, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी हुनुका साथै आर्थिक सङ्कट बढेको थापाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण