मुलुक निर्वाचनमय हुँदैछ : उपसभापति अर्याल
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले मुलुक निर्वाचनमय भएको बताएका छन् । सरकार, राजनीतिक दल, निर्वाचन आयोग लगायतका संवद्ध पक्षका कारण मुलुक निर्वाचनतर्फ केन्दित भएको समेत उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडाैँमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उपसभापति अर्यालले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गर्न सफल भएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गरे ।
उनले कृषि, पर्यटन उद्योग, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताए । उपसभापति अर्यालले मुलुकको आर्थिक विकासका लागि कर्मचारीतन्त्रको सुदृढिकरणमा जोड दिनुपर्ने आवश्यक्ता समेत औँल्याए ।
उनले भने,‘देश चुनाव केन्द्रित भएको छ । देश निर्वाचनमय हुँदैछ । यसका लागि म नेपाल सरकार, सरकारको जिम्मेवार पक्षहरु निर्वाचन आयोग, नागरिक समाज, सम्बन्धित राजनीतिक दलहरु सबैलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु । नेपालको उच्च सम्भावना भएका क्षेत्रहरु, कृषि पर्यटन उद्योग, ऊर्जा, सूचना प्रविधि, जसले दिगो रोजगार र आर्थिक विकासको बाटो खोल्दछ । डिजिटल अर्थतन्त्र र युवा उन्मुख व्यवसायहरु आइसिटी जस्ता व्यवसायहरुले नयाँ अवसर सृजना गर्दैछ । जुन देशको जिडिवीमा योगदान दिन सक्षम छ । नीति स्थिरता, व्युरोक्रेसी सहजता, कर र व्यापार नियमहरुलाई सरल बनाउने र ट्रान्सपरेन्सीलाई बढवा दिँदा त्यसले निजी लगानीलाई भरोसा दिन्छ । घरेलु तथा विदेशी लगानीलाई आकर्षित गर्न ऊर्जा, यातायात, पूर्वाधारलगायतलाई अझ सृदृढ बनाउनु पर्दछ ।’
उपसभापति अर्यालले कर र व्यापारका नियमहरुलाई सहज बनाउन सके मुलुकमा बाध्य लगानी भित्र्याउन सकिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण