रास्वपाको सहमहामन्त्री बन्दै भूपदेव शाह, अछाम–२ बाट चुनाव लड्दै
सारांश
- भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री बन्ने पक्का भएको छ, जसले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई मिलाउन भूमिका खेलेका थिए।
- उनी मेयर बालेनको तर्फबाट वार्ता समितिमा थिए र उनलाई रास्वपामा सह-महामन्त्री बनाइने तयारी छ।
- आगामी निर्वाचनमा शाह अछाम २ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिने तयारीमा छन्, जसको लागि उनले भेटघाट तीव्र पारेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई मिलाउन भूमिका खेलेका भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री बन्ने भएका छन् ।
मेयर बालेनका प्रमुख स्वकीय सचिव समेत रहेका शाह बालेनको तर्फबाट वार्ता समितिमा थिए । बालेन निकट स्रोतका अनुसार उनलाई रास्वपामा सह–महामन्त्री बनाइन लागिएको हो । ‘केन्द्रीय समितिले अनुमाेदन गर्न बाँकी छ, तर सहमहामन्त्री दिने पक्का भइसकेको छ,’ स्रोतले भन्यो ।
रास्वपामा सहमहामन्त्रीको पद अहिले खाली भएकोले बालेन टीमबाट शाहको नाम पक्का भएको बालेन निकट स्रोतले बतायो ।
उनी आसन्न प्रतिनिधि सभाको निर्वाचनमा अछाम २ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिने तयारीमा छन् । यसको लागि भूपदेवले भेटघाट समेत तीव्र पारिरहेका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
महानगरमा मेयर बालेन आएपछि उनको सबैभन्दा विश्वासिलो पात्रको रूपमा शाहले काम गरेका थिए ।
‘उहाँले चुनाव लड्ने भएका छन् । मेयर बालेनको टीमबाट अहिलेसम्म प्रत्यक्ष लड्नेमा उहाँको नाम लगभग फाइनल भइसकेको हो,’ सचिवालयका एक सदस्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण