रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएको छ।
- पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा असन्तुष्टि बढेपछि सच्याउन लागेको हो।
- फागुन २१ गते हुने निर्वाचनका लागि त्रुटि सच्याउन सुझाव मागिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने भएको छ । रास्वपाको पार्टी सचिवालयले बुधबार सूचना जारी गर्दै समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने जानकारी दिएको हो ।
रास्वपाले आयाेगमा पठाएकाे समानुपातिक उम्मेदवारकाे बन्दसूचीलाई लिएर असन्तुष्टि बढेपछि रास्वपाले बन्दसूची सच्याउने बताएकाे हाे ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति ध्यानाकर्षण भएको बताएको छ ।
जारी सूचनामा भनिएको छ,'समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो । उक्त बन्दसूचीमा रहेका त्रुटिहरू सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेस गर्ने जानकारी गराइन्छ ।'
बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पुस १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण