भूमि आयोग कास्कीका प्रमुख पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक विद्यालयको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पोखरा महानगरपालिका २६ मा रहेको अमरज्योति आधारभूत विद्यालय परिसरको जग्गा गैरसुकुमबासीको नाममा दर्ता गरेको आरोप उनीहरूमाथि छ ।
कित्ता नम्बर ७२५ को जग्गा विद्यालयको भोगचलनमा रहेको भएपनि मिलेमतोमा व्यक्तिलाई सुकुमबासी बनाएर नामसारी गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । अख्तियारले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुर गरेको अभियोग लगाएको छ ।
उनीहरू विरुद्ध १ करोड ४० लाख २५ हजार बिगो कायम गरिएको छ । अख्तियारले कास्कीका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारी, भूमि आयोगका सदस्यहरू आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपालीमाथि मुद्दा चलाएको हो ।
जग्गा पाउने भीमबहादुर विक पनि प्रतिवादी भएका छन् । उनीहरूबाट बिगो जफत गरी सोही बराबरको जरिवाना र कानुन बमोजिम कैद सजायको मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण