एमालेले कोशीबाट समानुपातिकमा राख्यो २७ जना, झापाका मात्रै ८ जना
सारांश
- नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक बन्द सूची बुझाएको छ।
- कोशी प्रदेशबाट २७ जना उम्मेदवार बन्द सूचीमा परेका छन्, जसमा केपी शर्मा ओलीको गृहजिल्लाबाट ८ जना छन्।
- झापा, मोरङ, इलाम, उदयपुर, पाँचथर, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, सोलुखुम्बु र भोजपुरका उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ।
विराटनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक बन्द सूचीका उम्मेदवारमध्ये २७ जना कोशीका रहेका छन् ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी अनुसार ११० जनाको बन्दसूचीमा २७ जना कोशी प्रदेशबाट रहेका छन् । त्यसमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट ८ जना रहेका छन् ।
झापाबाट समानुपातिकको सूचीमा पर्नेहरुमा लता प्रसाईँ, निर्मला पाठक, मेनुका काफ्ले, विद्यानन्द राजवंशी, मीता घतानी, जितु गौतम, सोम पोर्तेल र अनिता कन्दङ्वा रहेका छन् ।
यस्तै मोरङ, इलाम र उदयपुरबाट २–२ जनाको नाम सिफारिस भएको छ । मोरङबाट गुरु बराल र नरेश पोखरेल रहेका छन् भने उदयपुरबाट मञ्जु चौधरी र कान्ता राई तथा इलामबाट तारा गुरुङ र शकुन्तला लेप्चा रहेका छन् ।
एमालेले पाँचथरबाट भूमिका सुब्बा, सुनसरीबाट मौसम राई, धनकुटाबाट मनकुमारी तारा तितुङ, तेह्रथुमबाट विष्णुमाया विक, संखुवासभाबाट लक्की शेर्पा, खोटाङबाट उषाकला राई, सोलुखुम्बुबाट डुफकुमार बाँस्तोला र भोजपुरबाट परशुराम अधिकारी रहेका छन् । कोशीका ओखलढुंगा र ताप्लेजुङबाट भने कोही पनि बन्द सूचीमा नपरेको सूचना आफूलाई आएको खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण