महिलालाई आयआर्जनमा लगाउन पञ्चेबाजा प्रशिक्षण
म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चेबाजा’ सिकाउन थालिएको छ ।
शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चेबाजा बजाउने तालिम दिन सुरु गरिएको हो ।
बुधबारदेखि सुरु भएको पञ्चेबाजा प्रशिक्षणमा वडाभित्रका विभिन्न आमा समूह र महिला समूहका प्रतिनिधि सहभागी जनाएका छन् । वडाभित्र पञ्चैबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, व्रतबन्धलगायत शुभकार्यहरुमा पञ्चैबाजा बजाउनका लागि बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन बढाउन पञ्चेबाजा बजाउन सिकाउन थालिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताए । “हरेक शुभकार्यहरुमा पञ्चैबाजा बजाउने प्रचलन छ, हाम्रो वडामा पञ्चैबाजा बजाउने समूह नहुँदा समस्या छ, त्यसैले प्रशिक्षण सञ्चालन गरेका हौँ”, केन्द्रका अध्यक्ष शर्माले भने ।
पैँतालिस दिनसम्म सञ्चालन हुने तालिममा पञ्चैबाजा प्रशिक्षक प्रकाश परियार र सतप्रसाद छिनालले व्यावहारिक प्रशिक्षण दिनेछन् । चालु आर्थिक वर्षमा नौमती बाजा संरक्षण तथा सीप विकासका लागि वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले रु एक लाख ५० हजार र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले रु एक लाख २० हजार अनुदान प्रदान गरेको छ ।
पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण