वीर अस्पतालमा १०३ वर्षकी वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरियो
सारांश
- वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।
- अचेत अवस्थामा अस्पताल आएकी वृद्धाको मस्तिष्कमा रक्तश्राव भएपछि शल्यक्रिया गरिएको थियो।
- शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा सुधार आएको छ र उनी होसमा छिन्।
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षकी वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ। कोटेश्वर बस्ने १०३ वर्षकी वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएङ्को हो।
अचेत अवस्थामा अस्पताल आएकी ती वृद्धाको मस्तिष्कमा ठूलो रक्तश्राव भएपछि न्यूरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक गरियो, उपचारमा संलग्न चिकित्सक तथा न्यूरो सर्जरी विभागका प्रमुख प्रा डा राजीव झाले जानकारी दिए।
“उनी अस्पताल आउँदा अचेत अवस्थामा थिइन्। विस्तृत जाँच परीक्षण पछि उनको मस्तिष्कमा धेरै ठूलो रक्तश्राव भइरहेको पत्ता लाग्यो र तुरुन्तै न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो”, डा झाले भने, “यस्तो उमेरमा मस्तिष्कको शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो। न्यूरोसर्जरी विभागको टोलीले छलफल र बिरामीको परिवारसँगको परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णयमा हामी पुग्यौँ र शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।” झाका अनुसार शल्यक्रियापश्चात् बिरामीको उल्लेखनीय सुधार देखिएको छ ।
झाको नेतृत्वको शल्यक्रियामा डा समीर अर्याल, डा नम्रता खड्का, डा आयुष विमली, स्टार्फनर्स सिन्धु गौतम लगायत थिए। बिरामी हाल होसमा छिन् र बोल्न सक्ने अवस्था, आफैँ खाना खान सक्ने भएकी छिन्।
उनले १०० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै दुर्लभ मानिने बताए। बिरामीको पछिल्लो एक महिनादेखि कहिलेकाहीँ टाउको दुख्ने र पटकपटक लड्ने जस्ता समस्या देखिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण