गण्डकीमा नेकपाको समानुपातिक सूची: कास्कीबाट ४ सहित ९ जनाको नाम समेटियो
बिहीबार, १७ पुस २०८२, ११ : २४
सारांश
- नेपाली कम्युनिस्ट पार्टीले गण्डकी प्रदेशबाट ९ जनालाई समानुपातिक सूचीमा समावेश गरेको छ।
- सूचीमा कास्कीबाट ४, नवलपुर, स्याङ्जा, बागलुङ र गोरखाबाट १-१ जना परेका छन्।
- तत्कालीन एकीकृत समाजवादी र माओवादीका नेताहरू पनि सूचीमा परेका छन्, तर माओवादीको आधार इलाकालाई बेवास्ता गरिएको टिप्पणी छ।
पोखरा । नेपाली कम्युनिस्ट पार्टीले गण्डकी प्रदेशबाट ९ जनालाई समानुपातिक सूचीमा समावेश गरेको छ । प्रदेश अध्यक्ष गायत्री गुरुङका अनुसार एकीकरणका क्रममा आवद्ध सबै दललाई समेट्ने गरी ९ जनाको नाम समानुपातिक सूचीमा राखिएको हो ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी कास्कीबाट ४ जना समावेश छन् । कास्कीबाट बखानसिंह तमु, सोमती गुरुङ, दिलकुमारी पन्त र कृष्णबहादुर नेपाली सूचीमा परेका छन् ।
यस्तै, नवलपुरबाट तारा विक, स्याङजाबाट ताज मोहम्मद मियाँ, बागलुङबाट चिरन पुन र नगेन्द्र खड्का तथा गोरखाबाट कमला नहर्की समावेश भएका छन् ।
सूचीमा तत्कालीन एकीकृत समाजवादीका ४ जना र नेकपा माओवादीका ३ जना रहेका छन् । तत्कालीन माओवादीको आधार इलाका मानिने गोरखा, म्याग्दी लगायतका जिल्लालाई नेकपाले बेवास्ता गरेको टिप्पणी समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण