अदालतले संसद् पुनर्स्थापनाको मुद्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मुख्यमन्त्री कार्की
बिहीबार, १७ पुस २०८२, १८ : ०१
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन सर्वाेच्च अदालतमा रहेको संसद् पुनर्स्थापनाको मुद्दा चाँडो टुङ्गोमा पुर्याउन आग्रह गरेका छन् ।
बिहीबार विराटनगरमा आयोजना गरिएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मुलुकको शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचनको वातावरण नबनेको अवस्थामा संसद् पुनर्स्थापनाको मुद्दाले अन्योल थपेको बताए ।
उनले निर्वाचन भएपनि मुलुकले राजनैतिक निकास नपाउने अवस्था रहेकोले अन्योलको अवस्था चिर्न र निर्वाचनको वातावरण बनाउन राजनैतिक दलहरूको क्रियाशीलता बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरेर जेनजीहरुको माग सम्बोधन गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण