प्रिमियर लिग
अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेस बराबरीमा सीमित
शुक्रबार, १८ पुस २०८२, ०१ : २५
सारांश
- क्रिस्टल प्यालेस र फुलहमबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गियो।
- क्रिस्टल प्यालेसका फिलिप मातेटाले एक गोल गरेर अग्रता दिलाएका थिए।
- फुलहमका टम केर्नीले ८०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा क्रिस्टल प्यालेसले अग्रता जोगाउन नसक्दा फुलहमसँग १–१ गोलको बराबरी खेल्न बाध्य भएको छ ।
घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसका फिलिप मातेटाले खेलको ३९औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको उक्त अग्रता दोस्रो हाफको अधिकांश समयसम्म जोगिएको थियो ।
तर खेल सकिन १० मिनेट बाँकी रहँदा फुलहमका टम केर्नीले ८०औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । अन्तिम समयसम्म दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन र खेल बराबरीमै समाप्त भयो ।
यस बराबरीसँगै क्रिस्टल प्यालेसले महत्त्वपूर्ण तीन अंक जोड्ने अवसर गुमाएको छ भने फुलहमले अन्तिम समयमा खेल फर्काउँदै एक अंक सुरक्षित गर्न सफल भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण