आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

लिभरपुल–लिड्स युनाइटेड गोलरहित बराबरीमा रोकिए

शुक्रबार, १८ पुस २०८२, ०१ : ३५
शुक्रबार, १८ पुस २०८२

सारांश

  • लिभरपुल र लिड्स युनाइटेडबीचको खेल गोलरहित बराबरीमा टुंगियो।
  • घरेलु मैदानमा खेलेको लिभरपुलले गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो।
  • यस बराबरीले लिभरपुल चौथो स्थानमा रहँदा लिड्स १६औँ स्थानमा यथावत छ।

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार भएको खेलमा लिभरपुल र लिड्स युनाइटेडबिचको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको छ । घरेलु मैदानमा खेलेको लिभरपुलले खेलभर दबाब सिर्जना गरे पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

यस नतिजासँगै लिभरपुल ३३ अंकसहित तालिकाको चौथो स्थानमै कायम रहेको छ । आजको खेल जित्दै तालिकामा आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा रहेको लिभरपुलले आफूभन्दा माथि रहेको एस्टन भिल्लासँगको अंक दूरी घटाउने अवसर गुमायो । हाल तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको ३९ अंक छ ।

अर्कोतर्फ, २१ अंकसहित तालिकाको १६औँ स्थानमा रहेको लिड्स युनाइटेड पनि महत्त्वपूर्ण तीन अंक जोड्ने उद्देश्यसहित मैदान उत्रिएको थियो । बलियो लिभरपुलविरुद्ध गोलरहित बराबरी निकाल्न सफल भए पनि लिड्सले चाहेको जित हात पार्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप