प्राइड क्यासिनो लुटमा संलग्न आरोपमा दोर्जे शेर्पा पक्राउ
सारांश
- बौद्धस्थित हायात रिजेन्सीको प्राइड क्यासिनो लुटपाटमा संलग्न दोर्जे शेर्पा पक्राउ परेका छन्।
- प्रहरीले शेर्पालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो, उनीमाथि क्यासिनो लुटपाटमा संलग्नताको आरोप छ।
- यसअघि दावा शेर्पा र रन्जित खड्गीलाई पनि पक्राउ गरिएको थियो, जसले क्यासिनोबाट १४ करोड लुटेका थिए।
काठमाडौँ । बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सीमा सञ्चालित प्राइड क्यासिनो लुटपाटमा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ घर भएर गोकर्णेश्वर बस्ने ३० वर्षीय दोर्जे शेर्पा छन् ।
उनलाई पुस १४ मा कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा क्यासिनोमा भएको लुटपाटमा शेर्पा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । यसअघि प्रहरीले मंसिर १२ मा सेठ्ठी भनेर चिनिने दावा शेर्पा र रने भनेर चिनिने रन्जित खड्गीलाई पक्राउ गरेको थियो । दावा र खड्गी गुण्डागर्दी पृष्ठभूमिका हुन् ।
प्राइड इन्टरटेनमेन्ट प्रालि ‘क्यासिनो प्राइड’ मा सेठ्ठीले टेबल चलाएका थिए । प्रदर्शनको मौकामा लुटेराहरुले क्यासिनोबाट नगद १४ करोड लुटेको क्यासिनो सञ्चालकले दाबी गरेका छन् । अराजक जत्थाले लुटपाटपछि क्यासिनो भित्र रहेका संरचनाहरू तोडफोड र आगजनी गरेर फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण