रौतहट-३ मा एमालेबाट कुन्दन कुशवाहाको एकल नाम सिफारिस
सारांश
- नेकपा एमालेले रौतहट क्षेत्र नम्बर ३ बाट कुन्दन कुशवाहालाई प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ।
- क्षेत्रीय कार्यकर्ता भेलाले कुशवाहाको नेतृत्व क्षमता र क्षेत्रप्रतिको जिम्मेवारीलाई उच्च मूल्याङ्कन गरेको छ।
- कुशवाहा यसअघि माओवादी केन्द्रबाट प्रदेश सांसद र स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरिसकेका छन्।
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दन कुशवाहाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। शनिबार गुजरा नगरपालिकामा सम्पन्न क्षेत्रीय कार्यकर्ता भेलाले प्रत्यक्षतर्फ कुशवाहाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।
क्षेत्रीय संयोजक युवराज ज्ञवालीका अनुसार स्थानीय तहका पदाधिकारी, वडा प्रतिनिधि र क्षेत्रीय समितिका सदस्यहरूको भेलाले कुशवाहाको नेतृत्व क्षमता र क्षेत्रप्रतिको जिम्मेवारीलाई उच्च मूल्याङ्कन गर्दै यो निर्णय लिएको हो। मधेस प्रदेशका पूर्व सांसद समेत रहेका कुशवाहाको सिफारिस कार्यक्रममा प्रदेश सांसद केशव राय चौधरी, पूर्व मन्त्री नागेन्द्र यादव र देवाही गोनाहीका मेयर प्रेमलाल साह लगायतका नेताहरूको उपस्थिति थियो।
कुन्दन कुशवाहा तत्कालीन कटहरिया गाविसका अध्यक्ष जादोलाल महतोका जेठा छोरा हुन्। २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट प्रदेश सांसद चुनिएका उनी २०७९ मा प्रभु साहको समूहबाट स्वतन्त्र उम्मेदवार बन्दा पराजित भएका थिए।
गत वर्ष मात्र आम जनता पार्टी छोडेर एमाले प्रवेश गरेका कुशवाहा सर्वसम्मत रूपमा सिफारिस हुन सफल भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण