जनार्दन शर्माद्वारा भेनेजुएलाको आन्तरिक मामिलामा सैन्य हस्तक्षेपको भर्त्सना
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले भेनेजुएलाको आन्तरिक राजनीतिक मामिलामा सैन्य बल प्रयोग गरी राष्ट्रपतिलाई नै देशबाहिर पुर्याइएको घटनाप्रति गम्भीर र चिन्ताजनक विषय भन्दै भर्त्सना गरेका छन् ।
यस्तो कदमले सार्वभौमिकता, जनताको जनादेश, अन्तर्राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएको उनको भनाइ छ ।
शर्माले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, 'यस्तो कदमले न केवल त्यस देशको सार्वभौमिकता र जनताको जनादेशमाथि प्रश्न उठाएको छ, बरु अन्तर्राष्ट्रिय सुरक्षा, लोकतान्त्रिक मूल्य र राज्यहरूबिचको मर्यादालाई समेत जोखिममा पारेको छ, यो कार्य भत्सर्नायोग्य छ ।'
विज्ञप्तिमा आन्तरिक समस्याहरूको समाधानका लागि संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन् । सैन्य हस्तक्षेप लोकतान्त्रिक प्रक्रियाको विकल्प हुन नसक्ने उनको भनाइ छ ।
यस गम्भीर घटनालाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक लिन आवश्यक रहेकाले आपसी समस्या समाधानको बाटो संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियामार्फत खोजिनुपर्ने उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण