अहिलेको व्यवस्था नफालेसम्म देशले सही निकास पाउँदैन : प्रभु साह
सारांश
- प्रभु साहले वर्तमान राजनीतिक व्यवस्था गलत भएको र देशले निकास नपाएको बताए।
- उनले जेनजी आन्दोलनको भावनालाई सरकार र नयाँ दलहरूले कुल्चिएको आरोप लगाए।
- साहले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले मुलुकको नेतृत्व गर्न नसक्ने दाबी गरे।
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान राजनीतिक व्यवस्था नफालेसम्म देशले सही निकास नपाउने बताएका छन् । उनले संविधान र व्यवस्था नै गलत भएको कारण देशको यो दुरावस्था भएको टिप्पणी गरेका छन् ।
साहले चरम दलीय सिन्डिकेटका कारण पछिल्लो दशक देश अस्थिरताको सिकार बन्नुपरेको दाबी समेत गरे । अहिले जेनजी आन्दोलनको मर्म र भावनालाई वर्तमान सरकार, ठुला राजनीतिक दल र विकल्प दिन्छु भन्ने नयाँ दलहरूले समेत कुल्चिएको साहको आरोप छ ।
शनिबार ललितपुरको युनिभर्सल इन्जिनियरिङ कलेजको सभा हलमा आम विद्यार्थी मोर्चाको काठमाडौँ उपत्यका विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको अपहरणकारी भएको भन्दै देशप्रति गम्भीर नरहेको आरोप लगाए ।
उनले जेनजी आन्दोलनमा दमन गर्नेहरू खुलेआम सरकारको स्वागत तथा सत्कारमा सहभागी भएको र जेनजी आन्दोलनकारीमाथि उल्टै दमन गरिएको बताए ।
साहले २१ फागुनमा निर्वाचन गराउने सवालमा सरकार गम्भीर नबनेको आरोप लगाए । चुनावको वातावरण बनाउने सवालमा सरकारका मन्त्रीहरूको काम कारबाहीमा एकरूपता नदेखिएको र अझै पनि शान्ति तथा सुव्यवस्थाको उचित वातावरण बनाउन सरकार चुकेको उनको आरोप छ ।
उनले निर्दलीय सरकारमा बसेर दलको वकालत गर्ने र चुनावी प्रचार गर्ने मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न पनि माग गरे । उनले कुलमान घिसिङले हिजो जेनजी आन्दोलनको क्रममा नागरिक सरकारमा सहभागी हुने भनेर आज दल खोल्ने र चुनाव लड्ने महत्वकांक्षाअनुसार काम गरिरहेको भन्दै आलोचना गरे ।
विकल्प दिन्छु भनेर राजनीतिमा उदाएकाहरू पद र पावरको लागि मात्रै मरिहत्ते गरिरहेको भन्दै साहले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले मुलुकको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।
उनले नयाँ भनिएकाहरू कतिपय अनाडी (केही पनि नजानेको) र कतिपय ठग र कतिपय भ्रष्ट रहेको भन्दै आलोचना गरे । उनले देशलाई सही तवरले निकास दिनका लागि देशभक्त र अग्रगामी शक्तिहरूबिच एकता हुनुपर्ने आवश्यकता औँल्याए । उनले आफूले नेतृत्व गरेको आजपा देश र जनताको पक्षमा सधैँ अडिग भएर सङ्घर्षको मैदानमा होमिएको पनि बताए ।
व्यवस्था खराब र भ्रष्ट, राज्यको चरित्र नै लुटकारी भएको कारण आज देशको अवस्था दयनीय बनेको उनको टिप्पणी छ । उनले लुटकारी राज्यको कारण देशको शिक्षा र स्वास्थ्यमा चरम व्यापारीकरण भएको बताए । उनले अब जनताको शासन ल्याउनको लागि एक पटक निर्णायक सङ्घर्षमा उत्रिनुपर्ने आवश्यकता औँल्याए ।
उक्त भेलाले शिक्षा क्षेत्रमा भएको लुट एवम् विभेद अन्त्य गर्ने सङ्कल्प लिएको छ । भेलामा जेनजी अभियन्ताहरू लेलिन विष्ट, बिकेश साह, अमृत बोहरा, सुशील लगायतका पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण