सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस

आइतबार, २० पुस २०८२, ११ : १२
आइतबार, २० पुस २०८२

सारांश

  • प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष सुदन किराती भोजपुर-१ र सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।
  • फागुन २१ गते हुने निर्वाचनका लागि किराती दुई क्षेत्रबाट सिफारिस भएका हुन्।
  • २०७९ सालको निर्वाचनमा किराती भोजपुर १ बाट निर्वाचित भएका थिए, र माओवादी केन्द्रबाट प्रलोपामा गएका हुन्।

काठमाडौँ । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती भोजपुर–१ र सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि किराती दुई क्षेत्रबाट सिफारिस भएका हुन् । 

प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस भएको उनले स्वीकार गरेका छन् । २०७९ सालको निर्वाचनमा भोजपुर १ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए । कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १० घटकबिच एकता भएपछि किराती प्रलोपातिर लागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप