बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

खैरो हेराइनसहित दुई जना पक्राउ

आइतबार, २० पुस २०८२, ११ : १६
आइतबार, २० पुस २०८२

सारांश

  • प्रहरीले काठमाडौंको चाबहिलबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सुनसरीका विशाल राई र दयानन्द यादव रहेका छन्।
  • प्रहरीले उनीहरूको साथबाट ३५ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ।

काठमाडौँ । प्रहरीले खैरो हेराइनसहित काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएर चाबहिल बस्ने ३२ वर्षीय विशाल राई र सुनसरीको कोशी गाउँपालिका–२ घर भएका २४ वर्षीय दयानन्द यादव छन् ।

चाबहिलस्थित एक गेस्ट हाउसबाट पक्राउ परेका आरोपीहरूको साथबाट ३५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  बिहीबार गेस्ट हाउसमा खैरो हेरोइन डिल गर्दै गरेको अवस्थामा भेटिएका उनीहरूको साथबाट प्रहरीले डिजिटल तराजु पनि बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप