खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
सारांश
- खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिइएको छ।
- श्रीकृष्ण माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूले २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको छ।
- अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ र २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ।
काठमाडौँ । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत नौजनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साक्षी बुझ्ने आदेश दिएको छ ।
श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित रकममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरूले २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले निष्कर्ष निकालेको थियो ।
अख्तियारले मुद्दा दायर गरेकाहरूमा तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव, तत्कालीन सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ छन् ।
यस्तै, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । दायर गरिएको मुद्दामा सबैजनासँग जनही २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी भट्ट र अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो
-
भारतीय अवरोधका कारण नेपाली चिया उद्योग सङ्कटमा, असार ४ गतेदेखि उद्योग बन्द गर्ने चेतावनी
-
वडा सदस्य मृत फेला, आत्महत्या गरेको आशंका
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण