बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

आइतबार, २० पुस २०८२, १२ : ५८
आइतबार, २० पुस २०८२

सारांश

  • खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिइएको छ।
  • श्रीकृष्ण माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूले २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको छ।
  • अख्तियारले तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ र २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ।

काठमाडौँ । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत नौजनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साक्षी बुझ्ने आदेश दिएको छ ।

श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित रकममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरूले २५ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले निष्कर्ष निकालेको थियो ।

अख्तियारले मुद्दा दायर गरेकाहरूमा तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित खोटाङ जिल्ला शिक्षा कार्यालयका तत्कालीन इन्जिनियर बृधन यादव, तत्कालीन सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ छन् ।

यस्तै, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाराम राई, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । दायर गरिएको मुद्दामा सबैजनासँग जनही २५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप