महाधिवेशनले एमालेमा नयाँ ऊर्जा दिएको छ : प्रदीप ज्ञवाली
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता प्रदीप ज्ञवालीले केन्द्रीय महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनपछिका घटनाक्रममा सबैभन्दा बढी प्रहार एमालेमाथि भएको धारणा व्यक्त गरेका छन् ।
उनले हाल देखिएको प्रतिकूलता क्षणिक भएको उल्लेख गर्दै लोकतन्त्रको पक्षमा उभिएको जनशक्तिले पार्टीलाई थप बलियो बनाएको बताए । केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवा समावेश हुनु एमालेभित्र पुस्तान्तरणको सकारात्मक सन्देश भएको उनको भनाइ छ ।
उनले भिन्न धारबाट आएका नेता तथा कार्यकर्तालाई क्रियाशीलताको मूल्याङ्कन तथा योगदानको कदर गरिने बताए । एमाले सिङ्गो देशको लोकतान्त्रिक आन्दोलनका लागि महत्वपूर्ण शक्ति भएको उनले दाबी गरे ।
चुनावबाट पन्छिने कल्पना पार्टीले नगरेको स्पष्ट पार्दै उनले चुनावका लागि सरकारले उपयुक्त वातावरण बनाउन आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण