विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरुसँग सहकार्य गरिँदै
काठमाडाैँ । विदेशी नागरिकको विवरण राख्न टेलिकम कम्पनीहरूसँग पनि सहकार्य गर्ने योजना अध्यागमन विभागले बनाएको छ ।
अध्यागमन विभागले १ जनावरी सन् २०२६ बाट लागू गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लाई प्रभावकारी बनाउन टेलिकम प्रदायक कम्पनी नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र निजी क्षेत्रको लगानीमा सञ्चालित एनसेलसँग पनि सहकार्य गर्ने तयारी गरेको हो ।
नेपाल भित्रिने विदेशी नागरिकहरूको तथ्याङ्क व्यवस्थित ढङ्गले सङ्कलन, अभिलेखन र विश्लेषण गर्न उक्त प्रणाली लागू गरिएको र अधिकतम विवरण सङ्कलनका लागि टेलिकम प्रदायक कम्पनीहरूसँग पनि सहकार्य गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनकाअनुसार नेपाल टेलिकम र एनसेलसँग सिस्टमलाई जोड्न छलफल चलिरहेको छ । आगामी हप्ता भित्रै नतिजा देखिनेछ ।
उनकाअनुसार टेलिकमहरूबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण अध्यागमनको प्रणालीमा आउनेछ । त्यसबाट सम्पूर्ण विवरणहरू थाहा पाउन सहज हुनेछ ।
वायुसेवा सञ्चालकहरूसँग पनि यो सिस्टम जोड्न छलफल भइरहेको छ । आगामी हप्ताभित्रै जोडेर प्रणाली विस्तार गरिँदै छ । अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा सुरु गर्दै छ ।
त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबैतिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरूलाई विभिन्न एजेन्सीहरूसँग छलफल भइरहेको छ ।
उनकाअनुसार पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवर्द्धन र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गरिएको हो ।
यसका लागि निजी क्षेत्रसँग सम्बन्ध भएको छ र उनीहरू यो प्रणालीलाई लागू गर्न तयार छन् । अहिले सम्म करिब साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौँका तारे होटेलहरू हामीसँग जोडिएका छन् । जोडिने क्रम दिनानुदिन दिन बढिरहेको छ ।
महानिर्देशक तिवारीले भने,‘जनवरी १ बाट यो खास गरेर विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको सुरु गरिएको छ । यो सुरु गर्नका लागि विगत ४ महिनादेखि स्टेक होल्डरहरूसँग सघन छलफल गर्ने, प्रणालीहरूको विकास गर्ने र त्यसमा प्रतिक्रियाहरू लिने काम गरिरहेका थियौ र यो सिस्टम नयाँ पनि भएको र धेरै स्टेकहोल्डरहरु जोडिनुपर्ने हुँदा पहिलो चरणमा काठमाडौँका तारे होटलहरुबाट सुरु गरेका थियौ र अहिलेसम्म करिब साढे १३ सय ट्रेकिङ एजेन्सीहरु र सयको हाराहारीमा काठमाडौँका तारे होटेलहरू हामीसँग जोडिएका छन् । यो सिस्टममा जोडिएकाहरुकोमा आउने विदेशी नागरिकहरूको होटेलहरूमा एनकाउन्टर भएको विवरण हाम्रो सिस्टमले प्राप्त गर्न सुरु भएको छ । अब हामी यसलाई विस्तार गर्नुपर्नेछ । अब होटल एसोसिएसनका दुवै ओटै संस्थाहरू, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका संस्थाहरू सबैसँग मिलेर यो सिस्टमलाई विस्तार गर्दैछौँ । अहिले हामी नेपाल टेलिकम र एनसेलसँगसँग यो सिस्टम जोड्दै छौँ । त्यहाँबाट यदि कसैले सिम कार्ड लियो भने त्यसको विवरण हामी कहाँ आउने गरेर त्यो पनि हामी जोड्ने अन्तिम चरणमा छौ । वायु सेवा सञ्चालकहरूसँग कुरा भइरहेको छ भने अब आन्तरिक वायु सेवा कम्पनीको सिस्टम र अध्यागमन प्रणालीलाई आगामी हप्ता भित्रै जोडेर प्रणाली विस्तार गरिँदै छ । अध्यागमन विभागले आगामी मार्चबाट सबै क्षेत्रमा सुरु गर्दै छ । त्यसभन्दा अघिबाट पनि यो सिस्टम सबै तिर लागू हुन पनि सक्छ । यो प्रणालीमा आउन चाहनेहरूलाई विभिन्न एजेन्सीहरूसँग छलफल भइरहेको छ ।’
सिस्टमले कसरी निगरानी गर्छ ?
महानिर्देशक तिवारीकाअनुसार नेपाल आउने हरेक विदेशीको विवरण ट्रभल एजेन्सी, होटल, मनि एक्सचेञ्जदेखि पर्यटन विभागबाट समेत लिइँदैछ । उनीहरूलाई यो प्रणालीमा ल्याएर पर्यटकको विवरण राख्न भनिनेछ ।
महानिर्देशक तिवारीले भने,‘हामी चाहे तपाई एउटा विदेशी कोही नेपाल आइसकेपछि ट्राभल गर्छ, सार्वजनिक बस अथवा एयरलाइन्समार्फत यात्रा गर्छ । होटेलहरूमा बस्छ । सिम कार्ड लिनुपर्यो भने हाम्रो दूरसञ्चार सेवा प्रदायकमा जान्छ । त्यसपछि पैसा काट्नुपर्यो भने मनि एक्सचेञ्जमा जान्छ । अरू केही काम गर्नु अथवा बैंकमा जान्छ । त्यसपछि ट्रेडिङ माउन्टेनियरिङ गर्नपर्यो भने उनीहरूका संस्थामा जान्छ । पर्यटन विभागमा जान्छ । यी सबै गर्दा पर्यटक जो जो सँग ठोकिन्छ ती सबै सँग इन्काउन्टर भएको विवरणलाई सिस्टमले ट्रयाक गर्छ । त्यही विवरण प्राप्त गर्नका लागि सबै संस्थाहरूसँग अध्यागमनले काम गरिरहेको छ ।’
सिस्टम कति सुरक्षित ?
अध्यागमन विभागका महानिर्देशक तिवारीकाअनुसार जनावरी १ बाट लागू गरिएको यो प्रणालीलाई प्रभावकारी रूपमा लागू गराइछाडिनेछ र सिस्टममा राखिएका हरेक विवरण सुरक्षित राखिनेछ ।
अध्यागमनले बनाएको सिस्टमलाई सुरक्षित भरपर्दो बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अध्यागमन विभागले अडिट गराइएको थियो । प्रणाली बारम्बार अपग्रेड गरिरहनुपर्नेछ । त्यसले पनि सिस्टम थप प्रभावकारी, सुरक्षित भरपर्दो बन्नेछ ।
महानिर्देशक तिवारीले भने,‘जुन अध्यागमनसँग पहिलेदेखि सिस्टम छ । यो प्रणाली त्यसकै एउटा मोडलको रूपमा विकास गरिएको छ । समग्रमा हेर्दा जुन हाम्रो बोर्डर कन्ट्रोल सिस्टम छ नेपाली पोर्ट भन्ने त्यो सिस्टम जति सुरक्षित हो यो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली भनेको त्यही बराबर इक्वल सेक्युरिटी नै छ । हामी हाम्रो त्यसको डिजाइनदेखि वेभको डेभलप सोहीअनुसार गरिएको छ । हाम्रा समग्र सिस्टमहरूको सुरक्षा त्यसको साइबर सुरक्षाको हाम्रो पाटोमा हामीले ध्यान दिनुपर्ने एकातिर छँदै छ । फेरि यो प्रणालीलाई अध्यागमनले मात्रै नभई राष्ट्रिय साइबर सुरक्षा केन्द्र, सूचना प्रविधि विभागबाट पनि अडिट गराइएको छ । यो सिस्टमलाई त्यसपछि उनीहरूबाट पनि सहयोग लिइएको छ र भोलीका दिनमा पनि सिस्टमलाई बलियो राख्न कामहरू हुनेछ । सेक्युरिटीका कतिपय कुराहरू अपग्रेड गर्दै पनि लैजानु पर्ने हुन्छ । एकचोटी बनेका कारणले त्यो सुरक्षित हुने पनि होइन । प्रविधि हिसाबले काम भइरहेको छ । अहिले के प्रस्ट पार्न चाहन्छु भने कुनै पनि व्यक्तिको वैयक्तिक सूचनाहरू चाहिँ अध्यागमन प्रणालीमा आइसकेपछि त्यो नागरिकको सुरक्षा र कानुनको कार्यान्वयन भन्दा अरू कुनै पनि हिसाबले त्यसको दुरुपयोग हुनु हुँदैन र त्यो पूर्ण सुरक्षित हुनुपर्छ र राज्यको पूर्ण नियन्त्रणमा हुनुपर्छ भन्ने कुरामा विभाग सचेत छ र कानुनले पनि त्यो कुराको ढुक्क गराएको छ ।’
सिस्टम तलसम्म पुर्याउने योजना के ?
जनावरी १ बाट लागू भएको अध्यागमनको यो सिस्टम तल्लो तहसम्म पुर्याउन सहज भने छैन । सिस्टम जानेको जनशक्ति हरेक क्षेत्रमा छैनन् त्यसले पनि चुनौती रहेको महानिर्देशक तिवारीले बताए ।
कतिपयले यो सिस्टमका बारेमा विदेशी नागरिकसम्म अनावश्यक अफवाह फैलाएकाले सिस्टम प्रभावकारी लागू गर्न केही चुनौती देख परेको उनको भनाइ छ ।
महानिर्देशक तिवारीले भने,‘सबै मान्छेहरूलाई यसको आवश्यकता के हो भनेर यसलाई यथार्थ रूपमा बुझाउन जरुरी छ । अध्यागमनले गर्न खोजेको के हो भन्ने प्रस्ट नहुँदा कहिले कहीँ अनावश्यक रूपमा अफवाह फैलाउने, विदेशी नागरिकलाई डिस्करेज गर्ने हिसाबले पनि म्यासेज गरेको पाइन्छ । अनौपचारिक क्षेत्र धेरै रहेकाले यसको कार्यान्वयन चुनौती छ । जस्तो कतिपय होम स्टे, सार्वजनिक यातायातहरू छन् । यिनीहरूसँग कुनै रेकर्डहरू राख्ने त्यो लेभलको जनशक्ति छैन । त्यो लेभलको तयारी पनि छैन । त्यसो हुँदा यसमा चुनौती पनि छ । तर अध्यागमनले गरेन भने त्यो ठिक भएन त्यसैले अहिलेलाई जहाँ जहाँ गर्न सकिन्छ त्यो कुरा गर्यौ भने पनि हामी धेरै विदेशी नागरिकहरूको मुभमेन्टलाई हामीले रेकर्ड गर्न सक्ने स्थिति आउँछ र त्यसका लागि पनि सिस्टममा विभिन्न खालका मोडलहरू बनाइएको छ । काठमाडौँको पाँच तारे होटेल, एयरलाइन्सहरुसँग टेलिकमहरूका आफ्ना आफ्नै बलिया सिस्टमहरू छन् । उनीहरूलाई तत्कालै लागू गरिएको हो । उनीहरूसँग सिस्टम छ, त्यसको एपीआइ सिस्टमबाट डेटाहरु जति चाहिने हो त्यो डाटा सिस्टमबाटै लिइनेछ ।’
महानिर्देशक तिवारीका अनुसार नेपालले जनावरी १ बाट लागू गरेको यो प्रणाली हरेक देशमा लागू भइसकेको छ ।
कुनै पनि देशले अध्यागमनमा यो प्रणाली लागू गरेर विवरण राख्दा पर्यटकको सुरक्षासँग पनि जोडिन्छ । कुनै पर्यटक अप्ठ्यारोमा परे नेपाल सरकारलाई उद्धार गर्न समेत यो प्रणालीले महत्त्वपूर्ण सहयोग गर्नेछ ।
तल्लो तहसम्म यो सिस्टम लैजान प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एक समिति छ । सोही समितिले जिल्ला स्थिति संघसंस्थाहरुसँग छलफल समन्वय गरेर प्रभावकारी रूपमा प्रणालीलाई लागू गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण