भैरहवा विमानस्थलबाट लागुऔषधसहित भारतीय नागरिक पक्राउ
सारांश
- रुपन्देही र मोरङबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
- गौतमबुद्ध विमानस्थलमा ५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
- मोरङमा ट्रामाडोल र स्पास्पेनसहित एक युवक पक्राउ परेका छन्।
काठमाडौँ । रुपन्देही र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलबाट करिब ५ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित भारतीय नागरिक ३६ वर्षीय राशिद भटियान पक्राउ परेका छन्। एयर एशियाको उडानमार्फत थाइल्याण्डको बैंककबाट आएका उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित पदार्थ फेला पारेको हो।
यसैगरी, मोरङको मिक्लाजुङ गाउँपालिका–६ शान्ति टोलबाट नियन्त्रित लागूऔषधसहित सोही ठाउँका २३ वर्षीय मिलन कार्की पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले कार्कीको साथबाट ५० ट्याब्लेट ट्रामाडोल र ५० ट्याब्लेट स्पास्पेन बरामद गरेको छ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण