आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

नेमकिपाको गढमा को बन्ला रास्वपाको उम्मेदवार ?

आइतबार, २० पुस २०८२, १९ : २५
आइतबार, २० पुस २०८२

भक्तपुर । तीन दशकदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बलियो पकड रहँदै आएको भक्तपुर क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी गतिविधि बढाएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि रास्वपाबाट जिल्ला सचिव रुकेश रञ्जित र चाँगुनारायण नगर सभापति रोशन थापाको नाम प्रमुख आकाङ्क्षीको रूपमा चर्चामा छ ।

व्यवसायी एवं समाजसेवीको छवि बनाएका रुकेश भक्तपुरको व्यावसायिक र सामाजिक क्षेत्रमा सक्रिय मानिन्छन् । अर्का आकाङ्क्षी रोशन थापा दुई दशक लामो पत्रकारिताको अनुभव भएका र चाँगुनारायण क्षेत्रमा भ्रष्टाचार एवं बेथिति विरुद्धको आन्दोलनबाट स्थापित नेता हुन् ।

उनीहरूमध्ये नै एक जना रास्वपाको उम्मेदवार बन्न सक्ने स्थानीय नेताहरू बताउँछन् ।गत निर्वाचनमा नेमकिपाका प्रेम सुवाल सो क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । 

१ लाख ७ हजारभन्दा बढी मतदाता रहेको यस निर्वाचन क्षेत्रमा रास्वपाले शिक्षाको हब र सम्पदा संरक्षणका एजेन्डाहरूलाई प्राथमिकतामा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप