तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
सारांश
- तनहुँमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि २ लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन्।
- जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै रहेको छ, जसमा महिलाको संख्या १ लाख ३० हजार ९०६ रहेको छ।
- जिल्लाको १० पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेका छन्।
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय तनहुँले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै छ।
कुल मतदातामध्ये पुरुषको संख्या एक लाख २३ हजार चार सय ९१ छ भने महिलाको संख्या एक लाख ३० हजार नौ सय छ रहेको छ। जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा छन्।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नम्बर १ तर्फ एक लाख ३६ हजार एक सय १८ र क्षेत्र नम्बर २ तर्फ एक लाख १८ हजार दुई सय ७९ मतदाता कायम भएका छन्। क्षेत्र नम्बर १ मा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन्। त्यस्तै क्षेत्र नम्बर २ तर्फ शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका रहेका छन्।
पालिकागत विवरणअनुसार व्यास नगरपालिकामा ५१ हजार तीन सय छ, भानु नगरपालिकामा ४२ हजार एक सय चार, शुक्लागण्डकी नगरपालिकामा ४० हजार तीन सय पाँच र भीमाद नगरपालिकामा २५ हजार तीन सय ११ मतदाता छन्। त्यस्तै आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार छ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार दुई, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३ र म्याग्दे गाउँपालिकामा १९ हजार तीन सय छ मतदाता रहेको लम्सालले बताए।
निर्वाचनका लागि जिल्लामा तीन सय नौ मतदान केन्द्र तोकिएको छ। ऋषिङ गाउँपालिका–४ र ६ मा एक–एक मतदान केन्द्र थप गरिएको कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियानका क्रममा सात हजार तीन सय ९३ नयाँ मतदाता थपिएका छन्। निर्वाचनको मिति नजिकिएसँगै कार्यालयले आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण