एमाले उम्मेदवार सिफारिस : २४ क्षेत्रमा एकल नाम
सारांश
- एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ।
- अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ, जसमा केपी शर्मा ओली लगायतका नेताहरू छन्।
- केन्द्रीय कमिटीले सबै सिफारिसहरू प्राप्त गरेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने एमालेको भनाइ छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई तीव्र पारेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्।
एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारको एकल नाम सिफारिस भइसकेको छ। कतिपय जिल्लाबाट सर्वसम्मत रूपमा एकल नाम पठाइएको छ भने केही स्थानमा एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरी केन्द्रमा पठाइएको छ।
अहिलेसम्म एकल सिफारिस हुनेहरूमा पार्टी अध्यक्ष केपी शर्मा ओली (झापा–५), महासचिव शंकर पोखरेल (दाङ–२) र उपाध्यक्ष विष्णु पौडेल (रुपन्देही–२) रहेका छन् । त्यस्तै, काठमाडौँ–५ बाट ईश्वर पोखरेल, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, गुल्मी- २ बाट गाेकर्ण विष्ट, भक्तपुर–२ बाट महेश बस्नेत र कैलाली–४ बाट लेखराज भट्टको नाम एकल रूपमा सिफारिस भएको छ। मधेस प्रदेशका सिरहा–३ बाट लीलानाथ श्रेष्ठ, रौतहट–१ बाट अजय गुप्ता, सर्लाही–३ बाट हरि उप्रेती र महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरीको नाम पनि एकल सिफारिसमा परेको छ।
त्यसैगरी नुवाकोट–१ बाट बद्री मैनाली, गोरखा–२ बाट मिलन गुरुङ, नवलपुर–२ बाट तिलक महत, कपिलवस्तु–१ बाट विश्राम चौधरी र बाँकेका दुई क्षेत्रबाट क्रमशः सूर्य ढकाल र दलबहादुर सुनार सिफारिस भएका छन्। कोशी प्रदेशको इलाम–२ बाट सुहाङ नेम्वाङको नाम तय भएको छ भने कर्णाली र सुदूरपश्चिमबाट सुर्खेतका दुवै क्षेत्रमा ध्रुव शाही र कलाधर देवकोटा, सल्यानबाट गुलाबजङ्ग शाह, बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेश ठगुन्नाको नाम एकल रूपमा सिफारिस भएको छ। काठमाडौँ–२ बाट भने मणिराम फुयाँलको नाम प्रस्ताव गरिएको छ।
अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी रहेको छ। सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिसहरू केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो भने पार्टीको केन्द्रीय कमिटीले लगाउने एमालेले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण