साधना घर थिएटरमा नाटक ‘भट्टी टेल्स’
सोमबार, २१ पुस २०८२, १४ : ४६
सारांश
- सुकेधारास्थित ओस्कार कलेजमा नाटक 'भट्टी टेल्स' नियमित मञ्चन भइरहेको छ।
- सामाजिक कथामा आधारित नाटकको मञ्चन पुस १६ गतेदेखि सुरु भएको हो।
- जेम्स ढकालद्वारा लिखित तथा निर्देशित नाटकमा विभिन्न कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजको साधना घर थिएटरमा नाटक ‘भट्टी टेल्स’ नियमित मञ्चन भइरहेको छ । सामाजिक कथामा आधारित नाटकको पुस १६ देखि नियमित मञ्चन सुरु भएको हो ।
सामान्यतया भीड, धुवाँ र हल्का सङ्गीतले भरिएको स्थान हो भट्टी । जहाँ ठट्टा, पीडा, सङ्घर्ष र आशा एउटै टेबुलमा बस्छन् । नाटकको मुख्य कथा पनि यही हो । नाटकका लेखक तथा निर्देशक जेम्स ढकाल हुन् ।
नाटकमा कलाकार सुदाम सिके, वेदना राई, रुपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, ताण्डव, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटि र थार्चेन लामाले अभिनय गरेका छन् । मङ्गलवार बाहेक हरेक साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने नाटक करिब २ घण्टा १० मिनेट लामो रहेको छ । नाटक आगामी माघ ३ सम्म नियमित मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण