भेनेजुएलामाथि कारबाहीपछि ट्रम्पले इरानलाई दिए कडा प्रहारको चेतावनी
काठमाडौँ । बढ्दै गइरहेको महँगी र अर्थतन्त्रको कमजोर अवस्थालाई लिएर हालैका दिनमा इरानीहरूमा व्यापक असन्तुष्टि र क्रोध देखिएको छ ।
गएको वर्षको अन्त्यमा देशभरमा भएको विरोध प्रदर्शनमा कयौँ मान्छेको ज्यानै गयो । बिग्रँदै गएको जीवनयापनको अवस्थालाई लिएर हालको प्रदर्शनमा थप प्रदर्शनकारीहरू मारिएमा धेरै कडा प्रहार हुने चेतावनी अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानलाई दिएका छन् ।
‘हामीले परिस्थितिलाई निकै नजिकबाट नियालिरहेका छौँ, यदि उनीहरूले विगतमा जस्तै मानिसहरूलाई मार्न थाले भने मलाई लाग्छ कि अमेरिकाबाट उनीहरूले निकै कडा प्रहार खेप्नेछन् ।’ ट्रम्पले आइतबार राति एयर फोर्स वानमा सवार पत्रकारहरूलाई भने । इरानको आन्तरिक अवस्थाको बारेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र कट्टरपन्थी अमेरिकी अधिकारीहरूले दिएको बयानले आतङ्कवाद र हिंसालाई बढावा दिने इरानी विदेश मन्त्रालयले सोमबार बिहान प्रतिक्रिया दिँदै भनेको थियो ।
‘जियोनिस्ट संस्था हाम्रो राष्ट्रिय एकतामा प्रहार गर्ने जुनसुकै अवसरको पर्खाइमा छ ।’ मन्त्रालयले भनेको थियो । ट्रम्पले यस अघि शुक्रबार पनि इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण