कलंकी मालपोतले बनायो जलेका १६ हजार श्रेस्ता
सारांश
- कलंकी मालपोत कार्यालयले आन्दोलनमा जलेका १६ हजार श्रेस्ता कायम गरेको छ।
- जेनजी आन्दोलनका क्रममा जलेका श्रेस्ता कायम गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो।
- जग्गा किनबेच, बैंक ऋण, र विदेश जाने प्रयोजनका लागि श्रेस्ता आवश्यक रहेको छ।
काठमाडौँ । कलंकी मालपोत कार्यालयले जलेका १६ हजार श्रेस्ता बनाएको छ । जेनजी आन्दोलनका क्रममा कार्यालयसँगै जलेर नष्ट भएको श्रेस्तामध्ये सो बराबरको जग्गाको श्रेस्ता कायम गरिएको प्रमुख मालपोत अधिकृत रविन ढकालले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा उक्त कार्यालय अन्तर्गत रहेका अढाईदेखि तीन लाख कित्ता जग्गाको श्रेस्ता जलेको थियो । उक्त श्रेस्ता कायम गर्न कार्यालयले सार्वजनिक सूचना नै जारी गरेर आह्वान गरिसकेको छ ।
प्रमुख मालपोत अधिकृत ढकालका अनुसार सुरुका दिनमा कार्यालयले १२ घण्टासम्म सेवा दिएर श्रेस्ता कायम गरेकोमा अहिले केही चाप कम भएको छ । खासगरी जग्गाको किनबेच गर्न, बैंकबाट ऋणको प्रक्रियाका लागि रोक्का तथा फुकुवा गर्न तथा विदेश जाने प्रयोजनको लागि बैंकिङ ऋणको व्यवस्थाका लागि श्रेस्ता कायम गर्ने क्रम रहेको छ ।
अहिलेकै दरमा श्रेस्ता कायम हुँदै जाने हो भने तीन वर्षभित्र जलेका सबै जग्गाको नयाँ श्रेस्ता कायम हुने अवस्था रहेको उनको भनाइ छ । जलेको श्रेस्ता कायम गर्न सुरुमा १० थरी कागजात चाहिने भनिएकोमा भूमि व्यवस्था मन्त्रालयले सहजीकरण गरेर एलआरआईएमबीएस तथा डीएमएस प्रणालीमा प्रमाण भिडाएर सिधै श्रेस्ता कायम गर्न सकिने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण