म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक अमोरिम बर्खास्त
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ ।
उच्च व्यवस्थापनसँग र विशेषगरी फुटबल निर्देशक जेसन विल्कोक्ससँग बढ्दो तनावका कारण उनलाई पदमुक्त गरिएको स्काइ स्पोर्ट्सले लेखेको छ ।
सोमबार बिहान युनाइटेडका फुटबल निर्देशक जेसन विल्कोक्स र प्रमुख कार्यकारी ओमर बेर्राडासँगको भेटपछि अमोरिमलाई उनको जिम्मेवारीबाट मुक्त गरिएको हो । सोही भेटमा उनलाई बर्खास्तीको जानकारी गराइएको समाचारमा उल्लेख छ ।
यस सम्बन्धमा युनाइटेडले एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ– क्लबको नेतृत्वले अनिच्छुक हुँदाहुँदै पनि यो परिवर्तन गर्ने सही समय हो भन्ने निर्णय गरेको छ ।'
क्लबले थप स्पष्ट पारेको छ कि यो निर्णय टोलीलाई प्रिमियर लिगको सम्भवतः उच्चतम स्थानमा पुग्नको लागि उत्कृष्ट अवसर प्रदान गर्न लिइएको हो ।
युनाइटेड जारी सिजन पनि खराब लयबाट गुज्रिरहेको छ। हिजो (आइतबार) लिड्स युनाइटेडसँगको डर्बी भिडन्तमा पनि युनाइटेडले अंक बाँडेको थियो । हाल छैटौँ स्थानमा रहेको टोलीले २० खेलमा केवल ८ मा मात्र जित निकाल्न सकेको छ । ३४ गोल गर्दा ३० गोल बेहोरेको छ ।
पोर्चुगिज फुटबलर अमोरिमलाई सन् २०२४ को नोभेम्बर १ मा युनाइटेडले मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण