ऐतिहासिक भागदेगः मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा
सारांश
- पाटन दरबार क्षेत्रभित्रको ऐतिहासिक भाइदेग मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।
- विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिरलाई पुरानै मल्लकालीन प्यागोडा शैलीमा फर्काउन लागिएको हो।
- ललितपुर महानगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा मन्दिरको पुनःनिर्माण भइरहेको छ, जसमा KVPT ले प्राविधिक सहयोग गरेको छ।
ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रको ऐतिहासिक भागदेगः (भाइदेग) मन्दिरको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ। विसं १९९० को महाभूकम्पले ध्वस्त बनाएपछि गुम्बज शैलीमा ठड्याइएको यो मन्दिरलाई ९० वर्षपछि फेरि पुरानै मल्लकालीन प्यागोडा शैलीमा फर्काउन लागिएको हो।
मन्दिर पुनःनिर्माणको जिम्मा पाएको टोलीका अनुसार अबको तीन महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुनेछ। विसं २०७१ बाटै पुनःनिर्माण सुरु भए पनि बजेट अभाव र २०७२ को भूकम्पका कारण जगमा आएको समस्याले गर्दा काममा ढिलासुस्ती भएको थियो। सुरुमा ४ करोड लागत अनुमान गरिएकोमा जग फेर्नुपर्ने अवस्था र महँगीका कारण हाल कुल लागत करिब ९ करोड रुपैयाँ पुगेको छ।
ललितपुर महानगरपालिका र विभिन्न दातृ निकायको आर्थिक सहयोगमा भइरहेको यो पुनःनिर्माणमा काठमाडौँ उपत्यका संरक्षण कोष (KVPT) ले प्राविधिक सहयोग गरिरहेको छ। ऐतिहासिक दस्तावेज र पुराना तस्बिरका आधारमा मन्दिरलाई यसको मौलिक स्वरूपमा ल्याउन भक्तपुर र पाटनका दक्ष कालीगढहरूले काष्ठकलाको काम गरिरहेका छन्।
इतिहासअनुसार यो मन्दिर सत्रौँ शताब्दीमा पाटनका तत्कालीन प्रधानमन्त्री भगीराज भैया (भाइ भारदार) ले निर्माण गरेका थिए। मल्ल राजाहरूले मात्र मन्दिर बनाउने प्रचलन रहेको समयमा एक सर्वसाधारण (भारदार) ले बनाएका कारण यसलाई 'भाइदेग' भनिएको हो। भारतको बनारसमा रहेको काशी विश्वनाथ मन्दिर मुगल सम्राटले भत्काएपछि सोही मन्दिरको सम्झनामा यहाँ शिवको मन्दिर बनाइएको इतिहास छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण