‘मोदी एकदमै असल मान्छे, मलाई खुसी पार्नु जरुरी थियो’
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको भन्दै २५ प्रतिशत ट्यारिफ लगाएका छन् ।
एयर फोर्स वन विमानमा राष्ट्रपति ट्रम्पसँगै रहेका अमेरिकी सिनेटर लिन्डसे ग्राहमले भारतमाथि लगाइएको यो ‘सजाय’ बारे बताएका हुन् ।
सिनेटर ग्राहमका अनुसार ट्रम्पले भारतसँग अपनाएको कडा रवैयाकै कारण अहिले भारतले रुसबाट तेल खरिदमा कटौती गरेको छ । करिब एक महिनाअघि भारतीय राजदूतसँगको भेटलाई स्मरण गर्दै ग्राहमले भने, ‘राजदूतको चाहना मात्रै यो थियो कि भारतले अब रुसबाट कम तेल किनिरहेको छ र राष्ट्रपति ट्रम्पले ट्यारिफ घटाइदिनुपर्छ ।’ ट्रम्पको यही नीतिका कारण भारत ब्याकफुटमा आएको उनको दाबी छ ।
यस विषयमा राष्ट्रपति ट्रम्पले पनि कडा प्रतिक्रिया दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘एकदमै असल मान्छे’ को संज्ञा दिँदै ट्रम्पले भारतले आफूलाई खुसी पार्न खोजेको बताए । ‘उनी (मोदी) मलाई खुसी पार्न चाहन्थे । उनलाई थाहा थियो कि म खुसी थिइनँ र मलाई खुसी पार्नु जरुरी थियो,’ ट्रम्पले भने ।
ट्रम्पले चेतावनीपूर्ण भाषामा भारतले अमेरिकाको कुरा नमानेमा ट्यारिफ अझै छिटो बढाउन सकिने बताएका छन् । अमेरिकाले भारतमाथि पहिले नै ५० प्रतिशत ट्यारिफ लगाइसकेको छ, जसमा २५ प्रतिशत ट्यारिफ भने रुसबाट तेल खरिद गरेकै कारण ‘सजाय’ स्वरूप थपिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण