महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए
मङ्गलबार, २२ पुस २०८२, ०४ : २३
सारांश
- महोत्तरीमा आसन्न निर्वाचनका लागि ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन्।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा जम्मा मतदाताको संख्या ४ लाख ३१ हजार २८२ पुगेको छ।
महोत्तरी । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्लामा कूल मतदाता चार लाख ३१ हजार २८२ रहेका छन् । यसअघि जिल्लामा तीन लाख ९७ हजार ३० जना मतदाता थिए । क्षेत्रगत रूपमा जिल्लामा चार वटा निर्वाचन क्षेत्र रहेका उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण