भद्रपुरमा औद्योगिक तथा व्यापार महोत्सव हुने
झापा । मुलुककै पुरानो औद्योगिक नगर भद्रपुरमा नौ वर्षपछि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गरिने भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सव आगामी माघ ७ देखि २१ गतेसम्म मेची रङ्गशालामा हुनेछ ।
‘समृद्धिको आधार, आर्थिक विकासः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राईले बताए ।
जेनजी आन्दोलनपछि निजी क्षेत्रमा फैलिएको निराशा र त्रासलाई चिर्न महोत्सवले सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको उनले बताए ।
महोत्सवमा घरेलु, कृषि, पर्यटन, अन्तरराष्ट्रिय वस्तु तथा सेवाहरूको प्रवर्द्धनका लागि एक सयभन्दा बढी स्टल रहनेछन् । रु एक करोड २० लाख अनुमानित खर्च लाग्ने महोत्सवबाट कम्तीमा रु १० करोडको कारोबार हुने र एक लाख अवलोकनकर्ता आउने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।
महोत्सव सफल बनाउन विभिन्न नौवटा उपसमिति गठन गरिएको छ । आदित्य पराजुली संयोजक रहनेगरी आर्थिक सङ्कलन तथा व्यवस्थापन समिति, खड्गबहादुर लिम्बू संयोजक रहनेगरी मञ्च व्यवस्थापन समिति, पवनकुमार श्रेष्ठको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, माधव विद्रोहीको संयोजकत्वमा प्रचारप्रसार समिति, रोहित काफ्लेको संयोजकत्वमा उपहार तथा प्रकाशन समिति, अम्बिका पोखरेलको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक समिति, अनिता कार्कीको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, राजेन्द्रकुमार घिमिरेको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको उनले बताए ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले महोत्सव सफल बनाउन भद्रपुर नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेट्रोलको मूल्य स्थिर
-
नेपाल दलित सङ्घको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
-
फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ
-
इन्स्पेक्टर सन्तोष खड्का उत्कृष्ट प्रहरी घोषित
-
१० बजे १० समाचार : ‘प्रदेश सरकारहरूको बजेट’देखि ‘११४ जनाको शैक्षिक प्रमाणपत्रमाथि एक साथ छानबिन’सम्म
-
रास्वपा महाधिवेशन : सात हजार भन्दा बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण