प्रदीप परियारविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
सारांश
- काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ।
- ढल निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध मुद्दा दायर भएको थियो।
- अख्तियारले कम रकम कबोल गर्नेलाई अयोग्य ठहर गर्दै बढी रकम कबोल गर्नेलाई ठेक्का दिएको जनाएको छ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ ।
ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल सरकारको सहसचिव परियार भ्रष्टाचार मुद्दा दर्ता हुदाँ सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।
भ्रष्टाचार मुद्दा चलाइएकाहरुमा महानगरका निर्देशकहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरी छन् । सामाखुशी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
आयोगका अनुसार सबैभन्दा कम अंक १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानन्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको थियो ।
अभियोग पत्रमा पदको दुरुपयोग गरेर महानगर तथा सार्वजनिक संस्थाको सम्पत्तिमा बदनियतपूर्वक हानि नोक्सानी पुर्याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण