विजय थलापतिको अन्तिम फिल्म 'जन नायकन'को क्रेज : एउटै टिकटको मूल्य २ हजार
सारांश
- साउथ सुपरस्टार विजय थलापतिको अन्तिम फिल्म 'जन नायकन' जनवरी ९ मा रिलिज हुँदैछ।
- फिल्म रिलिज अगावै अग्रिम बुकिङमा कर्नाटकमा टिकटहरू महँगो मूल्यमा बिक्री भएका छन्।
- विजयले आफ्नो ३३ वर्ष लामो अभिनय करियरबाट सन्यास लिने घोषणा गरेका छन् र राजनीतिमा प्रवेश गर्दैछन्।
मुम्बई । साउथका सुपरस्टार विजय थलापतिको प्रतीक्षित फिल्म ‘जन नायकन’ जनवरी ९ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । विजयको करियरको यो अन्तिम फिल्म हो । फिल्म रिलिज हुन केही दिन मात्र बाँकी रहँदा यसको अग्रिम बुकिङ खुलेको छ ।
फिल्मको अग्रिम बुकिङमा कर्नाटकमा बिहानी शोका अधिकांश टिकटहरू पहिल्यै बिक्री भइसकेका छन् । बेंगलुरुमा तमिल फिल्मको विशेष मर्निङ शोका लागि दर्शकहरूले २ हजार भारतीय रुपैयाँसम्म तिरेका छन् । कतिपय स्थानमा टिकटको मूल्य १ हजार भारु पनि राखिएको छ ।
तमिलनाडुमा भने अहिलेसम्म बुकिङ खुलेको छैन । समाचारका अनुसार फिल्म निर्माताहरू अझै पनि सेन्सर बोर्डबाट प्रमाणपत्रको पर्खाइमा छन् । बोर्डले फिल्ममा केही परिवर्तन गर्न सुझाव दिएको खबर छ, जसका कारण त्यहाँ बुकिङमा ढिलाइ भएको हो ।
विजयले गत डिसेम्बर २८ मा मलेसियामा आयोजित फिल्मको ‘अडियो लन्च’ कार्यक्रममा आफ्नो ३३ बर्ष लामो अभिनयकरियरबाट संन्यास लिने घोषणा गरेका थिए । ५१ बर्षिय उनले अब आफ्नो पूरा समय राजनीतिमा समर्पित गर्ने बताएका छन् । विजयले गतबर्ष राजनीतिक दल समेत घोषणा गरेका थिए । उनको पार्टीले सन् २०२६ को तमिलनाडु विधानसभा चुनाव लड्ने तयारी गरिरहेको छ।
आफ्ना प्रशंसकहरूलाई सम्बोधन गर्दै विजयले भनेका थिए, ‘मेरा लागि एउटै कुराले अर्थ राख्छ—मानिसहरू मेरो फिल्म हेर्न थिएटर आउँछन् र लाइनमा बस्छन् । अब म आगामी ३०–३३ वर्ष उनीहरूको सेवाका लागि उभिन चाहन्छु । आफ्नै फ्यानहरूका लागि म फिल्मबाट संन्यास लिँदैछु ।’
विजयले १० वर्षको उमेरमा ‘वेट्री’ फिल्मबाट बालकलाकारका रूपमा अभिनय सुरु गरेका थिए । १८ वर्षको उमेरमा सन् १९९२ को फिल्म ‘नालैया थीरपू’ बाट उनले अभिनेताको रूपमा डेब्यु गरे । आफ्नो करियरमा ६८ वटा फिल्ममा काम गरिसकेका विजयले ‘मास्टर’ र ‘थेरी’ जस्ता कैयौँ ब्लकबस्टर हिट फिल्महरू दिएका छन् । ‘जन नायकन’ उनको करियरको ६९औँ तथा अन्तिम फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण