बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

तालमेलको विषय नटुङ्गिएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक स्थगित

मङ्गलबार, २२ पुस २०८२, १६ : ५३
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केही बेर बसेर कुनै निर्णय नगरी स्थगित भएको छ । 

राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको र आजै फेरि बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

माघ ११ गते राष्ट्रियसभा निर्वाचनका १८ सिटमा हुने निर्वाचनमा दलहरूले तालमेल गर्ने प्रयास गरिरहेका छन् । त्यो विषय नटुङ्गिएकाले कांग्रेसको कार्यसम्पादन समिति बैठक स्थगित भएको हो ।

दलहरूबिच तालमेलको प्रयासबारे कांग्रेसका तर्फबाट सहभागी भइरहेका नेता रमेश लेखकका अनुसार निर्वाचनमा कांग्रेस/एमालेलाई सात/सात, नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने सहमति बनेको छ । 

तर, कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार उठाउने भन्ने टुङ्गिन बाँकी रहेको नेता लेखकले केही बेरअघि रातोपाटीलाई बताएका थिए । 

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप