एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस
सारांश
- नेकपा (एमाले) ले फागुन २१ गते हुने निर्वाचनका लागि शेरधन राईलाई भोजपुरबाट सिफारिस गरेको छ।
- जिल्ला कमिटीको बैठकले राईलाई एकमात्र उम्मेदवार बनाउने निर्णय गरेको छ, किनकि अर्को बलियो उम्मेदवार देखिएन।
- राईले यसअघि सञ्चारमन्त्री र कोशी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए, र उनलाई कोशी प्रदेश संयोजकको जिम्मेवारी पनि दिइएको छ।
भोजपुर । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरबाट सचिव शेरधन राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले राईलाई एकमात्र उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो।
जिल्ला कमिटीका अनुसार राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले उनको नाममा सर्वसम्मत सहमति जुटेको हो। यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरिसकेको एमालेले प्रत्यक्षतर्फ भने पूर्वमुख्यमन्त्री राईलाई नै मैदानमा उतार्ने निश्चित गरेको छ।
भोजपुरबाट सिफारिस भएका राईले यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री र कोशी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। निर्वाचनको तयारी तीव्र भइरहेका बेला काठमाडौँमा आजै बसेको एमाले सचिवालय बैठकले राईलाई कोशी प्रदेश संयोजकको महत्त्वपूर्ण जिम्मेवारी समेत सुम्पेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हौसिएर बजेट बनाएपछि समस्यामा पोखरा महानगर, ४५ करोड भुक्तानी रोकिने
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण