बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इक्यानको उपाध्यक्षमा सुनसरीका वासुदेव दाहालको उम्मेदवारी

मङ्गलबार, २२ पुस २०८२, २३ : ००
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • वासुदेव दाहालले नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
  • उनले शैक्षिक परामर्श व्यवसायको हितका लागि काम गर्ने र यसको श्रीवृद्धिका लागि प्रतिबद्धता जनाएका छन्।
  • दाहाल काठमाडौंको बागबजारमा प्राञ्जल एजुकेसन कन्सल्टेन्सी सञ्चालन गर्छन् र यसअघि इक्यानको सचिव थिए।

सुनसरी। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को उपाध्यक्ष  पदका लागि सुनसरीका वासुदेव दाहालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

पुस २८ गते हुने संघको २० औँ साधारणसभाले नयाँ नेतृत्वको चयन गर्दै छ ।  दाहालले उपाध्यक्ष पदका लागि शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय व्यवसायीको सर्वोपरि हितका निम्ति लागि पर्ने एजेण्डाका साथ उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आउँदा दिनमा शैक्षिक परामर्श व्यवसायको श्रीवृद्धिसँगै उक्त क्षेत्रका व्यवसायको हितका निम्ति सम्पूर्ण समय खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१९ औँ साधारणसभामा महासचिवका उम्मेदवार दाहाल पराजित भएका थिए । यसपटक जित्ने गरी चुनावी यात्रामा लागेको उनी बताउँछन् ।

इनरुवा नगरपालिका– ६ मधेसा, झकनझोराका स्थायी बासिन्दा दाहाल अहिले काठमाडौंको बागबजारमा प्राञ्जल एजुकेसन कन्सल्टेन्सी सञ्चालन गर्छन् । उनको शैक्षिक परामर्श सेवाबाट लाभान्वित भएर एक हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनको अवसर हासिल गरिसकेका छन् । 

बढीजसो अष्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने दाहालले यसअघि इक्यानको सचिवको जिम्मेवारी बहन गरिसकेका छन् । विगतमा सदस्य र सचिव रहँदा संघमा निर्वाह गरेको भूमिकाका कारण उनी व्यवसायीबिच लोकप्रिय छन् ।

सुनसरीको मधेसास्थित जनता माविबाट एसएलसी र महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक गरेका उनी विद्यार्थी जीवनमै राजनीतिक गतिविधिमा संलग्न भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप