बालेन टिमबाट समानुपातिक बन्दसूचीमा परेकी ट्राभलर सिर्जना सिज्जुले लिइन् नाम फिर्ता
सारांश
- रुकुम पश्चिमकी सिर्जना ओलीले रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएकी छिन्।
- उनले सामाजिक सञ्जालमा आफूलाई बालेन टिमबाट फोन आएको र हतारमा निर्णय लिएको बताइन्।
- ओलीले देशलाई पर्यटन क्षेत्रमा योगदान पुर्याएको कारण रास्वपामा नाम सिफारिस भएको उल्लेख गरिन्।
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसुचीमा समेटिएकी रुकुम पश्चिमकी सिर्जना ओली ‘सिज्जू’ले नाम फिर्ता लिएकी छिन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार आफूले नाम फिर्ता लिएको जानकारी गराएकी हुन् ।
उनले भनेकी छिन्, ‘म गाडीमा यात्रा गर्दै थिए, त्यही बेला फोन आयो । हामी बालेन टिमबाट बोल्दैछौं तपाईँलाई समानुपातिक सूचीमा राख्ने विषय छ । आजै ३ बजे नाम पठाउनुपर्ने छ। अनुमति दिनुहुन्छ ? भनेर सोध्नुभयो ।’
त्यसपछि आफू यात्रामा रहेको र निर्णयका लागि समय माग गरेको उनले बताएकी छिन् ।
‘त्यो भन्दा अघि मेरो कसैसँग पनि राजनीतिक विषयमा कुनै कुरा भएको थिएन,’ उनले भनिन्, ‘केही बेरपछि फेरि फोनमा कुराकानी भयो, देशको लागि योगदान दिने अवसर थियो । मैले हतारमा केवल यही एउटा कुरा मात्र सोचेर नाइँ भन्न सकिनँ ।’
उनले कुनै पार्टीलाई योगदान दिएको कारण नभई देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण आफ्नो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको उनको भनाइ छ ।
‘यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो, यसका लागि म आभारी छु,’ उनले थप भनेकी छिन्, ‘तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो ।’
उनको पारिवारिक पृष्ठभूमि भने माओवादी हो । उनका बुबा अहिले पनि माओवादीका नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण