राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनबाट दंगाल र देवकोटा उम्मेदवार
सारांश
- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा एमालेका डा. प्रेम प्रसाद दंगाल र कांग्रेसकी गीता देवकोटा उम्मेदवार बन्ने पक्का भएको छ।
- सत्ता गठबन्धनबीच सिट बाँडफाँड अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ।
- गीता देवकोटा कांग्रेसबाट महिला सिटमा उम्मेदवार बनेकी छिन् भने डा. दंगाल एमालेबाट उम्मेदवार बनेका हुन्।
मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका २ रिक्त सिटमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका डा. प्रेम प्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा उम्मेदवार बन्ने निश्चित भएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित सत्ता गठबन्धनबिच भएको सिट बाँडफाँड अनुसार बागमतीका २ सिटमा एमाले र कांग्रेसले एक–एक उम्मेदवार उठाएका हुन् ।
देशभर रिक्त हुने १८ सिटमध्ये सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने सहमति भएको छ । माओवादी केन्द्र (हाल नेकपा) गठबन्धनबाट बाहिरिएपछि सत्तारुढ दलहरूले नयाँ समीकरण अनुसार सिट बाँडफाँड गरेका हुन् । सोही अनुसार बागमती तर्फको २ सिटमा डा. दंगाल र देवकोटालाई उम्मेदवार बनाइएको हो ।
नेपाली कांग्रेसले बागमती प्रदेशको महिला सिटमा चितवनकी गीता देवकोटालाई उम्मेदवार बनाएको छ । रत्ननगर नगरपालिका–१४, डुम्री चोक निवासी ५१ वर्षीय देवकोटा विगत ३२ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । हाल कांग्रेसको महासमिति सदस्य रहेकी उनी व्यावसायिक मौरीपालक कृषक समेत हुन् । एकल महिला देवकोटाले नेविसंघ, तरुण दल र महिला संघका विभिन्न जिम्मेवारी सम्हालिसकेकी छिन् ।
एमालेको तर्फबाट उम्मेदवार बनेका डा. दंगाल पार्टीका केन्द्रीय सदस्य हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने दंगाल यसअघि राष्ट्रिय योजना आयोगको सदस्य र २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भइसकेका छन् । डा. दंगाल अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तथा एसियाली किसान मञ्चका अध्यक्ष समेत हुन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । सोही अनुसार डा. दंगाल र देवकोटाले आजै हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।
आयोगले पुस १९ गते नै मतदाता नामावली प्रकाशन गरिसकेको छ भने माघ ११ गते मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण