राष्ट्रियसभा निर्वाचन : बागमतीमा नेमकिपाद्वारा मनोनयन दर्ता
बुधबार, २३ पुस २०८२, १२ : ५१
सारांश
- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेमकिपाबाट २ जनाले मनोनयन दर्ता गरेका छन्।
- बागमती प्रदेश तर्फको २ सिटमा हुने निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराए।
- विक्रम ढुकुछु र कविता महर्जनले क्रमशः अन्य र महिला क्लस्टरमा उम्मेदवारी दिएका हुन्।
मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पाटी) (नेमकिपा)का तर्फबाट २ जनाले मनोनयन दर्ता गरेका छन् । माग ११ मा हुने बागमती प्रदेश तर्फको २ सिटमा हुने निर्वाचनका लागि २ जनाले मनोनयन दर्ता गरेका हुन् ।
बागमती प्रदेश तर्फको अन्य क्लस्टरमा विक्रम ढुकुछु र महिला क्लस्टरमा कविता महर्जनले मनोनयन दर्ता गरेका हुन् ।
प्रस्तावक सुनिल प्रजापति र रजनी जोशीको समर्थनमा ढुकुछुले मनोनयन दर्ता गरेका छन् भने सुरेन्द्रराज गोर्साई प्रस्तावक र सृजना सायजु समर्थन रहने गरी महर्जनले मनोनयन दर्ता गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण