अपडेट
कांग्रेसका ललितजंग शाहीले कर्णालीबाट दर्ता गराए उम्मेदवारी
बुधबार, २३ पुस २०८२, १४ : ०३
सारांश
- नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि कर्णालीबाट ललितजंग शाहीको उम्मेदवारी दर्ता गराएको छ।
- शाही कांग्रेस-एमाले गठबन्धनबाट अन्य कलस्टरतर्फका उम्मेदवार हुन्।
- उनी कांग्रेस कर्णाली प्रदेश सभापति समेत हुन्, र यसअघि प्रदेश सभामा पराजित भएका थिए।
सुर्खेत । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि कर्णालीबाट ललितजंग शाहीको उम्मेदवारी दर्ता गराएको छ । बुधबार सुर्खेतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहीले मनोनयन दर्ता गराएका हुन् ।
उनी कांग्रेस-एमाले गठबन्धनबाट अन्य कलस्टर तर्फको उम्मेदवार बनेका हुन् । उनी ०७९ मा प्रदेश सभामा प्रत्यक्षतर्फको चुनाव लडेर पराजित भएका थिए । उनी कांग्रेस कर्णाली प्रदेश सभापति समेत हुन् । कर्णालीमा दुई पदका लागि राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण