काठमाडौँ–३ बाट उम्मेदवारी दिने कुलमानको तयारी
सारांश
- कुलमान घिसिङ काठमाडौँ-३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन्।
- उनी रास्वपामा पार्टी मिसाएपछि काठमाडौँ-३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारी गर्दैछन्।
- नागरिक सरकारका मन्त्री कुलमान राजनीतिक गतिविधिमा लागेको भन्दै आलोचना भइरहेको छ।
काठमाडौँ । ऊर्जा, भौतिक र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ काठमाडौँ–३ बाट चुनाव लड्ने तयारीमा जुटेका छन् ।
उज्यालो नेपाल पार्टी रास्वपामा मिसाउँदा उपाध्यक्ष बनेका उनी काठमाडौँ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नेगरी तयारीमा जुटेका हुन् ।
कुलमानका दाइ गणेश घिसिङले उनी काठमाडौँ क्षेत्र नम्बर–३ बाट निर्वाचन लड्ने तयारी गरिरहेको बताए । ‘काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-३ बाट चुनाव लड्ने निश्चित जस्तै हो’, गणेशले भने ।
जेनजी आन्दोलनपछि घिसिङले आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरेका थिए । पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर गठन भएको उक्त पार्टी पुस दोस्रो साता रवि लामिछाने नेतृत्वको रास्वपासँग समाहित भएको थियो ।
नागरिक सरकारका मन्त्री कुलमान राजनीतिक गतिविधिमा लागेको भन्दै आलोचना समेत भइरहेको थियो । यहीबिचमा उनले बुधबार राति पदबाट राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण