बेलायतमा नेपाली विद्यार्थी शंकर साह तीन सातादेखि बेपत्ता
सारांश
- महोत्तरीका एक नेपाली विद्यार्थी तीन सातादेखि बेलायतमा सम्पर्कविहीन भएका छन्।
- इन्जिनियरिङ पढ्न आएका शंकर साह डिसेम्बर १५ मा अन्तिम पटक देखिएका थिए, उनको राहदानी सडकमा फेला परेको छ।
- रोजगारी नपाएर तनावमा रहेका साह परिवारका एक्ला छोरा हुन्, उनको खोजीका लागि परिवारले अपिल गरेको छ।
लन्डन । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन अवस्थामा छन्। लन्डनस्थित विपीपी युनिभर्सिटीमा इन्जिनियरिङ म्यानेजमेन्ट एमएस्सीमा अध्ययनरत महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–११ पिगौना निवासी शंकर साह हालसम्म सम्पर्कविहीन छन्।
गत डिसेम्बर १५ मा इष्ट लन्डनको फरेष्ट गेट क्षेत्रमा अन्तिम पटक देखिएका साह त्यसयता न त विश्वविद्यालयसँग सम्पर्कमा छन्, न त साथीभाइ वा परिवारसँग। उनी बेपत्ता भएको केही दिनपछि उनको राहदानी इष्ट ह्याम क्षेत्रको सडकमा फेला परेको जानकारी साथीहरूले दिएका छन्। सुरुमा उनी इष्ट ह्याममै साथीसँग बस्दै आएका थिए। तर, बेपत्ता हुनुअघि उनी फरेष्ट गेटस्थित एक होटलमा सरेको खुलेको छ।
उनी बेलायत आएदेखि नै रोजगारी नपाएको विषयमा तनावमा थिए। लामो समयसम्म काम नपाएपछि उनी मानसिक रूपमा निराश देखिन थालेको र भविष्यप्रति चिन्तित रहने गरेको साथीहरूको भनाइ छ।
शंकर साह परिवारका एक्ला छोरा हुन्। सीमित आर्थिक अवस्थाका बाबजुद परिवारले ऋण काढेर बेलायत पढ्न आएका साहका बाबु हाल खाडी मुलुकमा रोजगारीमा गरिरहेका छन्।
छोरा बेपत्ता भएपछि नेपालमा रहेकी आमाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। कतै देखेमा वा कुनै जानकारी भए तुरुन्तै खबर गरिदिन बेलायतमा रहेका नेपाली समुदाय, संघसंस्था तथा सर्वसाधारणलाई शंकर साहको परिवारले आग्रह गरेको छ। यस विषयमा नेपाली दूतावास लन्डनले भने हालसम्म औपचारिक सूचना प्राप्त नभएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण