विशेष महाधिवेशन २७ पुसमै हुन्छ, पार्टी विभाजन हुँदैन : महामन्त्री शर्मा
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताए।
- उनले महाधिवेशन पुस २७ मा हुने र पार्टी विभाजन भए सबैभन्दा पहिले आफू बाहिरिने प्रतिबद्धता जनाए।
- उनले पार्टी एकता सुदृढ बनाउँदै मुलुकको विश्वास जित्न नयाँ योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु । '
उनले भनेका– 'नेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढङ्गले अघि बढ्न दुरदृस्टी र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा भइरहेको छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपूर्ण दृष्टि, योजना र सङ्कल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढङ्गले अघि बढ्नु छ ।'
पार्टीको विधानमा भएको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन गर्न नभएको उनले उल्लेख गरेका छन् । सबै प्रतिनिधिलाई महाधिवेशनमा उपस्थित हुन पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण